प्रेस रिपोर्ट »

पत्रकारहरु रुद्रबहादुर र इन्दिरालाई कर्म-कर्ण पत्रकारिता पुरस्कार

पोखरामा कृयाशील पत्रकारहरु रुद्रबहादुर थापा (हितान) मगर र इन्दिरा गुरुङलाई कर्म-कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गरेको कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अन्तर्गत रुद्रबहादुरलाई बर्ष-२०८२ को र इन्दिरालाई बर्ष-२०८३ को सो पुरस्कार प्रदान गरिएको हो । ४ दशक बढी पत्रकारितामा संलग्न रुद्रबहादुर र भाषागत पत्रकारितामा संलग्न इन्दिरालाई…

पत्रकार मीना थापामगरलाई कौराहा संरक्षण पत्रकारिता पुरस्कार

पत्रकार मीना थापामगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार-२०८३’ बाट पुरस्कृत भएकी छन्। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले पत्रकार थापामगरलाई यस वर्षको सो पुरस्कार प्रदान गरेको हो। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले पत्रकार थापामगरलाई सम्मानपत्र र घलेकीलेसहित पुरस्कार राशि नगद १५ हजार रुपैयाँ प्रदान गरे। फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनौट…

पत्रकार भरत कोइरालालाई ‘लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान

पोखरामा क्रियाशील पत्रकार भरत कोइरालालाई ‘लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार-२०८३’ प्रदान गरिएको छ। लेखनाथ उद्योग वाणिज्य संघको ३० औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित एक समारोहमा कोइरालालाई गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, संघकी अध्यक्ष जानुका पराजुली र प्रतिभा छनोट समितिका संयोजक बाबुराम गिरीले पुरस्कारसहित सम्मानपत्र प्रदान गरे। पुरस्कार राशि १५ हजार ८८ रुपैयाँ…

पत्रकार दुर्गा रानामगरलाई ‘पोखरा युथ एक्सेलेन्स अवार्ड’

पोखरामा कृयाशील पत्रकार दुर्गा रानामगर ‘पोखरा युथ एक्सेलेन्स अवार्ड-२०८३’ बाट सम्मानीत भएकी छन्। पोखरा नगर युवा परिषदले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै पत्रकार रानामगरलाई सो अवार्ड प्रदान गरेको हो। युथ फेस्टिभल-२०८३’ को समापन अवसरमा परिषदले सो अवार्ड प्रदान गरेको हो। पोखरा महानगर प्रमुख धनराज आचार्यले रानामगरलाई दोसल्ला ओढाएर ३० हजार रुपैयाँ नगदसहित सो अवार्ड…

संचारिका समूह नेपालको गण्डकी टोली पर्यटकीय क्षेत्र पंचासेमा

महिला पत्रकारहरुको संस्था संचारिका समूह नेपालको गण्डकी प्रदेश समितिको टोली कास्कीको पर्यटकीय क्षेत्र पंचासे पुगेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा संचारिका गण्डकीको टोलीले ‘पंचासे पर्यटन प्रवर्द्धन कार्यक्रम’ गरेको हो। ‘पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लाका बिभिन्न संचारमाध्यममा कार्यरत २१ जना पत्रकारको सहभागिता…

पत्रकार विजय नेपाल ‘रोटरी जर्नो अवार्ड’ बाट सम्मानीत

पोखराका कृयाशील पत्रकार विजय नेपाल ‘रोटरी जर्नो अवार्ड’ बाट सम्मानीत भएका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले उनीसहित देशभरका ७ जना पत्रकारलाई शुक्रबार काठमाडौँमा आयोजित एक विशेष समारोहमा जनही नगद ५१ हजार रुपैयाँसहित सो अवार्ड प्रदान गरेको हो। पाल्पा रिब्दीकोट–७, मैनादी स्थायी घर भएका पत्रकार नेपाल विगत २ दशकदेखि पोखरामा रही निरन्तर पत्रकारितामा क्रियाशील…

फोटो पत्रकार सुदर्शन रञ्जितलाई एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड प्रदान

फोटो पत्रकार सुदर्शन रञ्जित एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड–२०२६ बाट सम्मानीत भएका छन्। ओलम्पिक दिवसको अवसरमा एक कार्यक्रम गरी एनओसीले पोखराका फोटो पत्रकार रञ्जितलाई सो अवार्ड प्रदान गरेको हो। फोटो पत्रकारितामार्फत खेलकुदको प्रवर्द्धन र योगदानको कदरस्वरुप रञ्जितलाई नगद ५० हजार रुपैयाँसहित सो अवार्ड प्रदान गरेको हो। कार्यक्रममा रञ्जितसहित खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने विभिन्न…

खेलकुद पत्रकार मञ्चको एआई तालिम सकियो

पोखरामा शुक्रबारदेखि सुरु भएको ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ सकिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार, काठमाडौंको सहयोगमा सुरु तालिम शनिबार सकिएको हो। तालिममा खेलकुद पत्रकारहरूलाई एआईको सहयोगमा समाचार लेखन, तथ्यांक विश्लेषण, फोटो, अडियो, भिडियो सम्पादन र सामाजिक सञ्जाल व्यवस्थापनमा एआईको भूमिकाबारे व्यवहारिक अभ्यास गराइएको थियो। दुई दिनसम्म…

पोखराका खेल पत्रकारलाई एआई तालिम

पोखरामा खेलकुद पत्रकारका लागि शुक्रबारदेखि एआई तालिम सुरु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ तालिम सुरु गरिएको हो। प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शनिबार सकिनेछ। तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गरेकी हुन्। तालिम उद्घाटनपछि प्रेस रजिष्ट्रार भण्डारीले प्रविधिको विकाससँगै पत्रकारिताको परम्परागत…

पत्रकारहरुलाई अनुसन्धानमूलक लेख लेखन तालिम

नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ। पत्रकार महासंघ कास्कीको आयोजनामा सुरु तालिम जेठ २७ गतेसम्म संचालन हुनेछ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तालिमको उद्घाटन गरेका हुन्। मेयर आचार्यले उद्घाटनपछि बोल्दै पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र अद्यावधिक बनाउनुपर्ने कुरामा जोड दिए। उनले नेपालमा डिग्री हासिल गरेपछि वा परीक्षा…