पीएम कपः उद्घाटन खेलमा आर्मीले कर्णालीलाई हरायो

जनसम्मत
पौष २६, २०७८, सोमबार

प्रधानमन्त्री कप राष्ट्रिय टी–२० प्रतियोगिता आज (सोमबार) देखि सुरु भएको छ।

प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी बनेको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज (सोमवार) भएको उदघाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हरायो। आर्मीले कर्णाली प्रदेशलाई १ सय १७ रनको लक्ष्य दिएको थियो। जवाफमा कर्णाली प्रदेशले १४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो।

कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक १६ रन बनाए। कप्तान रविन्द्र शाहीले १५ रन जोडे। अरू खेलाडीले दोहोरो अंकको योगदान दिन सकेनन्। प्रकाश जैसीले ८ रन जोडे भने निश्चल रावलले २ र दिनेश अधिकारी र हिमांशु शाहीले १/१ रन जोडे।

कर्णाली प्रदेशलाई कम रनमै रोक्न आर्मीका जीतेन्द्र मुखियाले ४ विकेट लिए भने सुशन भारीले र साहब आलमले २÷२ विकेट लिए। सोमपाल कामी र विक्रम सोबले १/१ विकेट लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय १६ रन बनाएको थियो। आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २९ रनको योगदान गरे। हरि चौहानले २० रन जोडे।

त्यसैगरी रोहित पौडेल र कुशल मल्लले समान १०/१० रनको योगदान गरे। सोमपाल कामी ९ रनमा आउट हुँदा जीतेन्द्र मुखिया ८ रनमा अविजित रहे। बलिङतर्फ कर्णालीका प्रकाश जैशीले ३ विकेट लिए। अनुज चुनराले २ तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले १/१ विकेट लिए।

जितसँगै आर्मीले महत्वपूर्ण २ अंकको खाता खोलेको छ।