उम्मेदवारी फिर्ता लिने समय अपराह्न ५ बजेसम्म

आजै अन्तिम नामावली प्रकाशन गरिने

जनसम्मत
वैशाख १६, २०७९, शुक्रबार

स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो।

नाम फिर्ताको समय सकिएसँगै निर्वाचन आयोगले आजै उमेदवारकिो अन्तिम नामावली प्रकाशन गर्दैछ।

नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ। त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ।

पछिल्ला दिनहरुमा राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आइरहेका छन्।
निर्वाचन आयोगका अनुसार तोकिएको अवधिमा फिर्ता लिने बाहेकका अन्तिम नामावली शुक्रवार नै प्रकाशन गर्नेछ। त्यसपछि शनिवार भने उम्मेदवारहरूले निर्वाचन चिह्न नै प्रदान गर्नेछ।