उपनिर्वाचन–२०७० »

उपचुनावः बारा–२ बाट जसपा अध्यक्ष उपेन्द्र विजयी

प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र–२ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विजयी बनेका छन्। गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई ५ हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार…

उपचुनावः चितवन–२ बाट रवि लामिछाने विजयी

चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी भएका छन्। वैसाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन्। उनले ४२ हजार ९६२ मतान्तरले प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पार्दैै लामिछानेले जीत हात पारेका हुन्। जितनारायण श्रेष्ठले…

उपचुनावः तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी

प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको शानदार जीत भएको छ। स्वर्णिमले ३४ हजार ९१९ मतसहित विजय हात पारेका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाए। वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ छ। नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाए। मंसीर ४…

उपनिर्वाचन: आजदेखि आचारसंहिता लागु, क–कसलाई लाग्छ?

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (शुक्रबार) बाट आचारसंहिता लागु भएको छ। निर्वाचन आयोगका अनुसारआजदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु भएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ। क–कसलाई लाग्छ आचारसंहिता ? (क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री, (ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, (ग) संवैधानिक निकाय र सो…

तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता

तनहुँ–१ मा हुने उपनिर्वाचनमा विभिन्न ९ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। आज (सोमबार) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ वटा दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन्। मंसीर ४ गते भएको निर्वाचनमा निर्वाचित नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि वैसाख १० गते तनहुँ–१ मा उपनिर्वाचन…

वैसाख १० गते ३ क्षेत्रमा उपनिर्वाचन हुँदै

वैसाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि ३ क्षेत्र बारा–२ मा २६, चितवन–२ मा २४ र तनहुँ–१ मा ९ गरि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र उम्मेदवार छन्। बारा निर्वाचन क्षेत्र नं. २ मा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय…

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन्। गत मंसीर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि…