उपचुनावः चितवन–२ बाट रवि लामिछाने विजयी

जनसम्मत
वैशाख १२, २०८०, मंगलवार

चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी भएका छन्।

वैसाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन्।

उनले ४२ हजार ९६२ मतान्तरले प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पार्दैै लामिछानेले जीत हात पारेका हुन्। जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याए।

त्यस्तै, नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए। अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय बढी मत ल्याए।