सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल

जनसम्मत
भाद्र ३०, २०८०, शनिबार

सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल चयन भएका छन्।

क्लबको शनिबार पोखरामा सम्पन्न १३ औं अधिवेसनले आगामी २ वर्षका लागि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

क्लबको बरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजीप्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु रानामगर सह–कोषाध्यक्षमा अशोक लालचल छन्।

त्यसैगरी, क्लबको सदस्यहरुमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, बिष्णु गुरुङ, शुसिल रिमाल र केशव पौडेल छन्।

निवर्तमान अध्यक्षमा हरिराम गुरुङ (सुरज) हुन्।