फिफा वरीयतामा नेपाल १७५ औं स्थानमै यथावत्

विश्व विजेता अर्जेन्टीना शीर्ष स्थानमै, उपविजेता फ्रान्स उपविजेतामै यथावत्

जनसम्मत
असाेज ४, २०८०, बिहीवार

फिफा वरीयतामा नेपाल १७५औँ स्थानमै यथावत् छ।

यसअघि, पनि नेपाल १७५ औँ स्थानमै थियो।

वरीयताअनुसार दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ।

भारत भने १०२ औँ स्थानसहित पहिलो छ।

१५५औँ वरीयता पाएको मालदिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ।

दक्षिण एसियामा नेपालपछि भुटान १८४औँ मा छ। उता, बंगलादेश १८९ औँ स्थानमा छ। पाकिस्तान १९७ औँ स्थानमा रहँदा श्रीलंका २०२औँ स्थानमा छ।

नयाँ वरीयताअनुसार विश्व विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा शीर्ष स्थानमै रहन सफल भएको छ।

सार्वजनिक नयाँ वरीयतामा विश्व विजेता अर्जेन्टिना पहिलो स्थानमै यथावत् रहँदा कतार विश्वकपको फाइनलमा हारेको फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्।

नयाँ वरीयताअनुसार इङ्ल्यान्ड चौथो, बेल्जियम पाँचौँ स्थानमा छन्।

वरीयताअनुसार क्रोएसिया छैटौँ, नेदरल्यान्ड्स सातौँ, पोर्चुगल एक स्थानमाथि उक्लिँदै आठौँ, इटाली एक स्थान खस्किँदै नवौँ र स्पेन दशौँ स्थानमा छन्।