६४ जना पत्रकारले पाउँदैछन् प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

१६ जना पत्रकारहरुलाई काउन्सिलबाट सम्मान गरिदैँछ

जनसम्मत
असाेज ४, २०८०, बिहीवार

६४ जना पत्रकारले प्रेस काउन्सिल नेपालको पत्रकारिता पुरस्कार पाउँदैछन्।

काउन्सिलले आफ्नो ५४ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्न लागेको हो।

आगामी शनिबार शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेल र संचारमन्त्री रेखा शर्माले विभिन्न सञ्चारमाध्याममा कार्यरत पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्नेछन्।

यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्माले पाउँदैछिन्।

साथै यो वर्ष काउन्सिल पत्रकारिता पुरस्कारबाट १६ जनाले सम्मान पाउनेछन्।

पत्रकारहरु विजय चालिसे, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, गगन विष्ट, राजन कार्की, नरेन्द्रजङ पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रविन्द्र घिमिरे, केदार भट्टराई, मोती पौडेल, कृष्ण अधिकारी, रमेश पौडेल, उदय जिएम र राजकुमार कार्कीले प्रेस काउन्सिल पत्रकारिता पुरस्कार पाउँदैछन्।

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईले पाउँदैछन्।

प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार पत्रकार सागर पण्डित र चुडामणि भट्टराईले पाउँदैछन्।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, राममणि दाहाल र माधवसिंह धामीले पाउँदैछन्।

त्यस्तै, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारले पाउँछन्।

पत्रकारहरु विमल ज्ञवाली, जीवन भण्डारी, शंकर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज (मोहन) बाँस्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमणले क्रियाशील पत्रकारिता पुरस्कार पाउँदैछन्।

त्यस्तै, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १९ जना पत्रकारले पाउँदैछन्।

पत्रकारहरु पाण्डव शर्मा, मिन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, सुवास पण्डित, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदीश्वर पाण्डे, राजु लामिछाने, इन्द्र विवस डिसी र ओमकार आचार्यले युवा पत्रकारिता पुरस्कार पाउँदैछन्।

त्यस्तै प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईं, दुर्गा आचार्य, रुपा घिमिरे र गगनशीला खड्काले पाउँदैछन्।

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार ७ जनाले पाउँदैछन्।

पत्रकारहरु सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार, फिरोज सिद्दिकीले प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार पाउँदैछन्।

त्यस्तै, प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमले पाउँदैछन्।

प्रेस काउन्सिल साहित्यिक पुरस्कार हिमाल गुँरास द्वैमासिकका खिमानन्द पोखरेलले पाउँदैछन्।

प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मैथली भाषाको आँजुर द्वैमासिकका सम्पादक रामभरोष काँपडीले पाउँदैछन्।