६४ जना पत्रकारले पाए, प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

१६ जना पत्रकारहरुलाई काउन्सिलले सम्मान गर्‍यो

जनसम्मत
असाेज ६, २०८०, शनिबार

६४ जना पत्रकारले प्रेस काउन्सिल नेपालको पत्रकारिता पुरस्कार पाएका छन्।

काउन्सिलले आफ्नो ५४ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्न गरेको हो।

आज (शनिबार) शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेल र संचारमन्त्री रेखा शर्माले विभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गरेका हुन्।

साथै यो वर्ष काउन्सिल पत्रकारिता सम्मानबाट १६ जना सम्मानीत भएका छन्।

पत्रकारहरु विजय चालिसे, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, गगन विष्ट, राजन कार्की, नरेन्द्रजङ पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रविन्द्र घिमिरे, केदार भट्टराई, मोती पौडेल, कृष्ण अधिकारी, रमेश पौडेल, उदय जिएम र राजकुमार कार्कीले प्रेस काउन्सिलबाट सम्मानीत भए।

यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्माले प्राप्त गरेकी छिन्।

काउन्सिलले यस वर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईलाई प्रदान गर्‍यो।

प्रेस काउन्सिल सशक्त संचारकर्मी पुरस्कार पत्रकार सागर पण्डित र चुडामणि भट्टराईले प्राप्त गरे।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, राममणि दाहाल र माधवसिंह धामीले पाए।

त्यस्तै, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गर्‍यो।

पत्रकारहरु विमल ज्ञवाली, जीवन भण्डारी, शंकर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज (मोहन) बाँस्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमणले क्रियाशील पत्रकारिता पुरस्कार प्राप्त गरे।

त्यस्तै, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट १९ जना पत्रकारहरु पुरस्कृत भए।

त्यसैगरी, काउन्सिलले पत्रकारहरु पाण्डव शर्मा, मिन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, सुवास पण्डित, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदीश्वर पाण्डे, राजु लामिछाने, इन्द्र विवस डिसी र ओमकार आचार्यले युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए।

त्यस्तै, पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईं, दुर्गा आचार्य, रुपा घिमिरे र गगनशीला खड्काले प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्राप्त गरे।

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार ७ जनाले पाए।

पत्रकारहरु सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार, फिरोज सिद्दिकीले प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए।

त्यस्तै, प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमले प्राप्त गरे।

प्रेस काउन्सिल साहित्यिक पुरस्कारबाट हिमाल गुँरास द्वैमासिकका खिमानन्द पोखरेल पुरस्कृत भए।

प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारबाट मैथली भाषाको आँजुर द्वैमासिकका सम्पादक रामभरोष काँपडीले प्राप्त गरे।