फिर्केखोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो

जनसम्मत
असाेज ६, २०८०, शनिबार

पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ।

फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको हो।

प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले आज (शनिबार) महानगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका हुन्।

प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद खोलाको खोला नापजाँच सम्पन्न गरी प्रतिवेदन तयार गरिएको समितिका संयोजक पौडेलले बताए।

प्राविधिक समितिले एक महिना लगाएर गत साउन ३ देखि भदौ ३ गतेसम्म खोलाको नापजाँच गरेको थियो।

फिर्केखोलाको सिमाङ्कन टोलीमा ईन्जीनियर, सर्वेक्षक र अमिनसहित ४० परिचालित भएका थिए।

संयोजक पौडेलका अनुसार खोला घरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १ सय ६० संरचना निर्माण गरेको पाइएको छ।