१९ औँ एसियाली खेलकुद : नेपाल टेबल टेनिस टिम इभेन्टमा समुह चरणबाटै बाहिरियो

जनसम्मत
असाेज ७, २०८०, आइतबार

नेपाल १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाटै बाहिरिएको छ।

नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो।

शनिबार गोङ्शु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा समुह ‘एफ’ मा रहेको महिला टोली भारतसित ३–० ले पराजित भएको थियो।

महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११–१, ११–६ तथा ११–८ अंकले पराजित बनिन्।

यस्तै, नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११–३, ११–७ तथा ११–२ अंकले पराजित भइन्।

यसैगरी, इभाना थापामगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११–१, ११–५ तथा ११–२ अंकले पराजित भइन्।

त्यसैगरी, नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३–० ले पराजित भएको छ।

पुरुषतर्फ समुह ‘बी’ मा रहेको नेपालका संयोग कपाली ११–७, ११–४ तथा  ११–५ अकले पराजित भए।

अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले पराजित भए।