एसियन गेम्स: नेपाल पुरुष भलिबलको पहिलो खेलमा बहराइनसँग पराजित

जनसम्मत
असाेज २, २०८०, मंगलवार

एसियन गेम्सअन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा बहराइनसँग ३–१ सेटले पराजित भएको छ।

पहिलो सेट जितेपनि त्यसपछि लगातार ३ सेट हारेपछि नेपालले पहिलो खेलमा नै हार व्यहोरेको हो।

पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो।

नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ।

इरानसँगको खेलपनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ।

चीनको हाङझाउमा आउँदो शनिबार एसियन गेम्सको उदघाटन हुने भएपनि भलिबलसहितका केही समूहगत खेल भने त्यसअघि नै सुरु भएका हुन्।