एसियन गेम्स: पुरुष भलिबलमा नेपालमाथि इरानको जित

जनसम्मत
असाेज ३, २०८०, बुधबार

१९ औं एसियाली खेलकुद अन्तर्गतको पुरुष भलिबलमा नेपाल इरानसँग पराजित भएको छ।

लगातार दोस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा जितबिहीन रुपमा बाहिरिएको छ।

नेपाल आफ्नो पहिलो खेलमा मंगलबार बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो।

चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको थियो।

नेपाल २५–९, २५–१५ र २५–१३ को सेटमा पराजित भयो।