गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे गोरखामा

‘७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफू कांग्रेस बनाउन लाग्नुहोस्’

जनसम्मत
असाेज १२, २०८०, शुक्रबार

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज (शुक्रबार) गोरखा आइपुगे।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेको पाण्डे पार्टीको गोरखा नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा भाग लिन यहाँ आएका हुन्।

नगर सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले काँग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्नेमा जोड दिए।

‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति) लाई परिवर्तन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिवर्तन हुनुपर्‍यो’, पाण्डेले जोड दिए।