भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो छैटौँ पटक विश्वकप क्रिकेटको उपाधि

भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो

जनसम्मत
मंसिर ४, २०८०, सोमबार

भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ।

भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो।

भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

पहिलो ३ विकेट ४७ रनमा गुमाए पनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगे।

ट्राभिसले विश्व कपको फाइनल खेलमा शतकीय पारी खेले। उनले १ सय २० बलमा १ सय ३७ रन बनाए।

अस्ट्रेलियाले टस जितेपछि ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनायो।

यसअघि, अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो। भारतले सन् १९८३ र २०११ को विजेता हो।