प्रधानमन्त्री ओलीले सिंहदरवारमा एभोकाडोको विरुवा रोपे

प्रधानमन्त्री कार्यलय तथा मन्त्रिपरिषद कार्यलयका अनुसार गत वर्ष २३ लाख १६ अजार ७ सय ८९ फलफूलका विरुवा रोपिएको थियो ।

जनसम्मत
जेठ २३, २०७६, बिहीवार

पोखरा ।  विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आज एभोकाडोको विरुवा रोपण गरेका छन् ।

एक नेपाली, एक फलफुलको विरुवा रोपण गरेर प्रधानमन्त्री ओलीले अभियानलाई निरन्तरता दिएका हुन् । गत वर्ष वातावरण दिवसकै अवसरमा प्रधानमन्त्री ओलीले फलफूलको विरुवा रोपेर एक नेपाली, एक फलफुलको विरुवा रोपण अभियानको शुभारम्भ गरेका थिए । सोही अभियानलाई निरन्तरता दिन प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबार परिसरमा एभोकाडो फलको बिरुँवा रोपेका थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरु, मूख्य सचिव, सचिवहरु, प्रधानसेनापति, विभिन्न सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । उनीहरुले पनि फलफूलको विरुवा रोपे ।

फलफुलको विरुवा रोपण गरी एक नेपाली, एक फलफुलको विरुवा रोपण अभियान अन्तर्गत गत वर्ष २३ लाख १६ हजार ७ सय ८९ फलफुलका विरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, बैंक तथा बित्तिय संस्था एवं सार्वजनिक संस्था तथा संस्थानहरुको योगदान रहेको कार्यालयले जनाएको छ ।

आगामी आर्थिक वर्षलाई वृक्षरोपणको वर्षका रुपमा मनाईने कार्यालयले जनाएको छ ।