४ देशीय महिला टी–२० क्रिकेटमा नेपालले जापानलाई हरायो

जनसम्मत
मंसिर २, २०८०, शनिबार

४ देशीय महिला टी–२० क्रिकेट शृंखलामा नेपालले जापानलाई ६७ रनले हराएको छ।

हङकङमा आज (शनिबार) बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो।

जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट बन्यो।

नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा संगीता राईले ३ र पूजा महतोले २ विकेट लिइन्।

त्यसअघि, नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन्।

त्यस्तै, कप्तान इन्दु बर्माले २७ रन जोडिन्।

शृंखलामा यसअघि नै तान्जानिया र हङकङसँग पराजित भएको नेपाल फाइनलमा पुग्न सकेन।

हङकङले आयोजना गरेको शृंखलामा घरेलु टोलीसहित नेपाल, जापान र तान्जानिया सहभागी छन्।