टिकटकमाथि प्रतिवन्ध हुँदैछ: संचारमन्त्री शर्मा

जनसम्मत
कार्तिक २७, २०८०, सोमबार

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।

सोमवार बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई नेपालमा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ।

त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन।

मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ।

टिकटक बन्द गर्नेसम्बन्धी आवश्यक व्यवस्था संचार मन्त्रालयले मिलाउने मन्त्री शर्माको भनाई छ।