टिकटकले सोध्यो, नेपालमा हामीलाई प्रतिवन्ध गर्नुको खास कारण के हो ?

जनसम्मत
मंसिर १, २०८०, शुक्रबार

टिकटकले नेपालमा यसलाई प्रतिवन्ध गर्नुको खास कारण मागेको छ ।

कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिवन्ध लगाउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले छोटो भिडियो प्लेटफर्म टिकटकलाई पत्र लेख्दै नेपालमा यसलाई प्रतिवन्ध गर्न आग्रह गरेको थियो।

यता प्राधिकरणले मन्त्रिपरिषदको निर्णय भएको भोलीपल्टै नेपालमा संचालित आइएसपीहरुलाई पत्र लेख्दै टिकटक नचल्ने बनाउने निर्देसनसमेत दिएको थियो।

सोही कुरालाई ध्यानमा राख्दै टिकटकले नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको नाममा पत्र लेख्दै यसको जवाफ मागेको हो।

आफ्नो पत्रमा टिकटकले नेपालमा साइबर सुरक्षाको भरपुर सुविधा उपलब्ध गराउँदा गराउँदै, कर तिर्न राजी हुँदा हुँदै र अनावश्यक सामग्री डिलेट गर्दागर्दै पनि टिकटक बन्द गर्नु अच्चम्म भएको जानकारी दिएको छ।

पछिल्लो बर्ष मात्रै टिकटक नेपालमा डिजिटल ट्याक्स पेयरमा दर्ता भएको, नेपाली प्रयोगकर्ताले अपलोड गरेको लाखौं अनावश्यक सामग्री डिलेट गरिदिएकोलगायतका कुराहरु आफ्नो पत्रमा टिकटकले उल्लेख गरेको छ।

तर, विना कारण नै नेपालमा टिकटकमाथि प्रतिवन्ध लाग्नुले कम्पनी अच्चम्ममा परेको बताईएको छ।