रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई सम्मान

जनसम्मत
मंसिर २४, २०८०, आइतबार

राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ।

नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको भन्दै पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आलेमगरले सम्मान गरेका हुन्।

पौडेललाई २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो।