पोखरा–१२ को मुख्य चोक र सार्वजनिक स्थलमा डस्टबिन राखिदैँ

जनसम्मत
मंसिर २४, २०८०, आइतबार

पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले सरसफाईमा चासो देखाएको छ।

शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका टोल बिकास संस्था र वडाका मुख्य सार्वजनिक स्थल एबं चोकहरुमा डस्टबिन,बोतलक्रेज राखेको छ।

त्यस्तै, कुहिने र नकुहिने फोहोर राख्नको लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए।

वडालाई सफा र स्वच्छ राख्न फोहोरको व्यवस्थापनमा जुटेको उनको भनाई छ।

‘गण्डकी प्रदेशको राजधानी पोखरा सुन्दर मात्र होइन’, उनले भने, ‘पोखरामा पर्यटकको पनि ओइरो लाग्छ। पर्यटकको मन खिच्न पनि शहर सुन्दर बनाउन आवस्यक छ। त्यसैले, शहर सुन्दर बनाउन सबैले म भनेर आफैबाट सुरु गर्नुपर्छ।’