पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत

जनसम्मत
पौष ६, २०८०, शुक्रबार

पत्रकार कृष्णमणि बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत भएका छन्।

प्राणीशास्त्र समाज पोखरा नेपालको १६ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार बराललाई स्व.चन्द्रमाया ढेवाजु जैविक विविधता संरक्षण पुरस्कृतद्धारा पुरस्कृत गरिएको हो ।

बराललाई प्राणिशास्त्र समाज पोखरा नेपालका पूर्व अध्यक्ष सह–प्राध्यापक रामगोपाल ढेवाजु, प्राणिशास्त्र समाज पोखरा नेपालका कार्यवाहक अध्यक्ष गणेश तिमिल्सिना लगायतले सम्मान पत्र र नगद ५ हजारसहित पुरस्कार प्रदान गरे।

कार्यक्रममा डा राधेश्याम कायस्थ स्नातक विद्यार्थी प्रोत्साहन पुरस्कारबाट हर्कबहादुर थापा, उत्तर–दिव्य, किशोर कुमार पोखरेल स्नातक विद्यार्थी प्रोत्साहन पुरस्कारबाट स्मृति श्रेष्ठ, डा एलियाम्मा जोन स्नातक विद्यार्थी प्रोत्साहन पुरस्कारबाट स्मृति श्रेष्ठ पुरस्कृत भएक छन्।

कार्यक्रममा विद्यावारीधि सम्मानबाट डा राजेन्द्र बसौलालाई सम्मान गरिएको थियो।

स्व.डा धर्मेन्द्रलाल कर्णलाई विद्यावारीधिको अर्को सम्मान प्रदान गरिएको थियो। डा कर्णको सम्मान कर्णकी धर्मपत्नीलाई प्रदान गरिएको थियो।