म्यानचेस्टर सिटीले जित्यो क्लब विश्वकपको उपाधि

जनसम्मत
पौष ७, २०८०, शनिबार

इङ्लिस क्लब म्यानचेस्टर सिटीले क्लब विश्वकपको उपाधि जितेको छ।

सिटीले ब्राजिली क्लब फ्लुमिनेन्सलाई हराउँदै युरोपियन च्याम्पियन सिटीले पहिलो पटक प्रतियोगिताको उपाधि जितेको हो ।

शुक्रबार साउदी अरेबियामा म्यानचेस्टर सिटीले फाइनलमा ब्राजिली क्लबमाथि ४–० को शानदार जित निकालेको हो।

सिटीको जितमा जुलियर अल्भारेजले २ गोल गरे।

फिल फोडेनले १ गोल थपे।

मोटा फिल्होको आत्मघाति १ गोल सिटीले उपहार पायो।

खेलको पहिलो मिनेटमैे अल्भारेजको गोलमा सिटीले अग्रता लिएको थियो।

फिल्होले २७ औं मिनेटमा आत्मघाति गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको थियो।

पहिलो हाफमा २–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप २ गोल थप्न सफल बन्यो।

फोडेनले ७२ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे।

खेल सकिन २ मिनेटअघि अल्भारेजले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–० को शान्दार जित दिलाए।

क्लब विश्वकप उचाल्ने सिटी चौथो इङ्लिस क्लब बनेको छ।

यसअघि म्यानचेस्टर युनाईटेड, चेल्सी र लिभरपुलले यो सफलता हासिल गरेका छन्।

सिटीले एकै वर्ष प्रमुख ५ उपाधि हात पारेको छ।

प्रिमियर लिगसहित एफ ए कप र च्याम्पियन्स लिग गरि ट्रेबल उपाधि सिटीले जितेको थियो।

अगष्टमा सिटीले यूईएफए सुपर कपको उपाधि समेत जितेको थियो।

सिटी एकै वर्षको क्यालेन्डरमा प्रमुख ५ उपाधि जित्ने पहिलो इङ्लिस क्लब बनेको छ।

युरोपियन च्याम्पियन सिटी र दक्षिण अमेरिकी च्याम्पियन फ्लुमिनेन्सले क्लब विश्वकपको फाइनलमा भेट गरेको थियो।