पोखरामा टाइगर कप भलिबल प्रतियोगिता सुरु

महिलातर्फ: पहिलो खेलमा पुलिसमाथि एपीएफको जित

जनसम्मत
माघ १, २०८०, सोमबार

पोखरामा आज (सोमबार) देखि चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिता अन्तर्गत महिलातर्फको टाइगर कप महिला भलिबलको पहिलो खेलमा विभागीय सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ।

एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ सेटले हराउँदै प्रतियोगिताको पहिलो जित निकाल्यो।

एपीएफले लगातार २ सेट जित्दा तेस्रो र चौथो सेट भने गुमाएको थियो।

अन्तिम सेट भने एपीएफले आफ्नो पक्षमा पार्‍यो।

पहिलो सेटमा २५–१८ को जित निकालेको एपीएफले दोस्रो सेट पनि २५–१८ ले नै जित्यो।

तेस्रो सेटमा पुलिससँग १९–२५ ले गुमाउँदा चौथो सेट १८–२५ ले गुमायो।

अन्तिम सेटमा एपीएफले १५–१३ को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्‍यो।

जितसँगै एपीएफले २ अंक जोडेको छ।

पराजित पुलिसको १ अंक छ।

एपीएफकी सरस्वती चौधरी खेलको ‘प्लेअर अफ दी म्याच’ बनिन्।