टाइगर कप भलिबल: महिलातर्फ विभागीय आर्मीमाथि न्यु डायमण्डको जित

जनसम्मत
माघ १, २०८०, सोमबार

न्यु डायमन्ड क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै टाइगर कप महिला भलिबलमा जित निकालेको छ।

आज (सोमबार) भएको खेलमा न्यु डायमन्डले आर्मी क्लबमाथि ३–१ सेटको जित हात पारेको हो।

पोखरा रंगशालाको भलिबल कोर्टमा न्यु डायमन्डले पहिलो सेट २५–२० ले जित निकाल्यो।

त्यस्तै, दोस्रो सेटमा न्यु डायमन्डले २५–१७ को जित निकाल्यो।

तेस्रो सेटमा भने आर्मीले २५–२३ को जित निकाल्न सफल बन्यो।

त्यसपछि, चौथो सेटमा न्यु डायमन्डले २५–१५ को जित निकाल्दै यस संस्करणको प्रतियोगितामा विजयी सुरुवात गर्‍यो।

जितसँगै डायमन्डले ३ अंक जोडेको छ।

न्यु डायमन्डकी रिना कुवर खेलको ‘प्लेअर आफ दी म्याच’ बनिन्।