टाइगर कप भलिबल: पुरुषतर्फ एपीएफको विजयी सुरुवात

जनसम्मत
माघ १, २०८०, सोमबार

टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबलमा विभागीय एपीएफ क्लबले विजयी सुरुवात गरेको छ।

एपीएफले अर्को विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको हो।

एपीएफले २५–१८ ले पहिलो सेट आफ्नो पक्षमा पार्‍यो।

दोस्रो सेट पुलिस २४–१८ को स्थितिमा रहेपनि एपीएफले लगातार अंक बटुल्दै २४–२४ को स्थितिमा पुर्‍याएको थियो।

त्यसपछि, खेल एकदमै रोमाञ्चक ३१–३१ को बराबरीमा पुगेको थियो।

लगत्तै, एपीएफले ३३–३१ ले उक्त सेट आफ्नो पक्षमा पार्न सफल बन्यो।

तेस्रो सेटमा एपीएफले २५–१७ को सहज जित निकाल्यो।