टाइगर कप भलिबल: महिलातर्फ पुलिसले घरेलु गण्डकीलाई सहजै हरायो

जनसम्मत
माघ २, २०८०, मंगलवार

पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा पुलिसले आफ्नो दोस्रो खेलमा जित निकालेको छ।

पहिलो खेलमा एपीएफसँग हारेको पुलिसले घरेलु गण्डकीमाथि सहज जित निकालेको हो।

भलिबल च्याम्पियनसीपको महिलातर्फ समूह ए मा नेपाल पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो।

पुलिसले गण्डकीलाई पहिलो सेट २५–१०, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१६ ले हरायो। पुलिसकी उषा भण्डारी खेलको ‘टाइगर अफ दि म्याच’ बनिन्।