टाइगर कप भलिबल: महिलातर्फ आर्मीले हरियाणालाई हरायो

जनसम्मत
माघ २, २०८०, मंगलवार

पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबलमा त्रिभुवन आर्मीले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हराएको छ।

रोमाञ्चक खेलमा आर्मीले पहिलो सेट २५–२२ ले हरायो। दोस्रो सेट भने आर्मी २०–२५ हार्न पुग्यो। तेस्रो सेटमा पनि आर्मी हरियाणासँग १८–२५ ले स्तब्ध बन्यो।

चौथो सेटमा आर्मी खेलमा फर्कदै २५–१७ ले आफ्नो पक्षमा पार्‍यो। आर्मीले अन्तिम सेटमा १५–१२ को जित निकाल्यो।