टाइगर कप भलिबल: पुरुषतर्फ श्रीलंका आर्मीले एपीएफलाई हरायो

जनसम्मत
माघ २, २०८०, मंगलवार

पोखरामा जारी टाइगर कप भलिबलको पुरुषतर्फ श्रीलंका आर्मी टिमले विभागीय क्लब एपीएफलाई हराएको छ।

प्रतियोगिता अन्तरगत समूह ‘बी’ को खेलमा पाहूना विभागीय टोलीले सशस्त्र प्रहरीको विभागीय टोलीलाई ३–१ को सेटमा हराएको हो।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो संस्करणको प्रतियोगितामा एक सेट हारेको श्रीलंका आर्मीले खेलमा फर्कदै जित हासिल गर्‍यो।

पहिलो सेटमा २३–२५ को हार व्यहोरेको श्रीलंका आर्मी खेलमा फर्कदै लगातार ३ सेट आफ्नो पक्षमा पार्‍यो।

दोस्रो सेट २५–१९ ले जितेको श्रीलंका आर्मीले तेस्रो सेटमा २५–२१ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको हो।