टाइगर कप भलिबल: महिलतर्फ एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा

घरेलु गण्डकी बाहिरियो

जनसम्मत
माघ ३, २०८०, बुधबार

विभागीय टोली एपीएफ क्लबले टाइगर कप अन्तर्गत महिला भलिबलमा समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ।

बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पहिलो सेट २५–१६ ले जितेको एपीएफले दोस्रो सेटमा २५–९ को जित निकालेको हो।

त्यस्तै तेस्रो सेटमा एपीएफले २५–१७ को जित निकाल्दै समूह विजेता बनेको हो।

जितसँगै एपीएफ ५ अंकसहित समूह विजेता बनेको छ।

यता, उपविजेता पुलिसको ४ अंक छ भने गण्डकी प्रदेश अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

एपीएफ ५ अंकसहित विजेता, ४ अंक उपविजेता हुँदा गण्डकी अंकविहिन रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।