टाइगर कप भलिबल: महिलातर्फ न्यु डायमण्ड समूह विजेता बन्दै सेमिफाइनलमा

बाहिरियो भारतको हरियाणा पुलिस टोली

जनसम्मत
माघ ३, २०८०, बुधबार

न्यु डायमण्डले समूह विजेता बन्दै चौथो टाइगर कप महिला भलिबलको सेमिफाइनलमा पुगेको छ।

बुधबार भएको खेलमा न्यु डायमण्डले भारतको हरियाणा पुलिस क्लबलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।

पोखरामा रंगशालामा न्यु डायमन्डले २५–१७,२५–१८ र २५–१६ ले जित हात पार्‍यो।

जितसँगै न्यु डायमण्ड समूह ‘बी’ को ६ अंकसहित समूह विजेता बन्यो।

आर्मी २ अंकका साथ उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।

न्यु डायमण्डले अब सेमिफाइनलमा नेपाल पुलिस क्लब र एपीएफले आर्मीसँग खेल्नेछ।