टाइगर कप भलिबल: महिलातर्फ आर्मी सेमिफाइनलमा

जनसम्मत
माघ ४, २०८०, बिहीवार

पोखरामा जारी टाइगर कप भलिबलको महिलातर्फ विभागीय टोली त्रिभुवन आमी क्लबले पनि सेमिफाइनलमा स्थान बनाएको छ।

भारतको हरियाणा पराजित हुँदा विभागीय आर्मीले अन्तिम चारमा स्थान बनाएको हो।

बुधबार भएको खेलमा हरियाणा चन्द्रागिरी न्यु डायमण्डसँग सोझो सेटले पराजित भएको थियो।

सेमिफाइनलमा पुग्न हरियाणालाई पाँचौं सेटसम्मको खेल या सोझो सेटमा जित निकाल्नु पर्ने बाध्यता थियो।

न्यु डायण्डले सोझो सेटमा जित निकालेपछि हरियाणाको टोली सेमिफाइनल पुग्नबाट रोकियो।

आर्मीले समूह ‘बी’ को उप विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो।

यता, न्यु डायमण्ड समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ।