टाइगर कप भलिबल: पुरुषतर्फ विभागीय एपीएफ सेमिफाइनलमा

अर्को विभागीय नेपाल पुलिस क्लब बाहिरियो

जनसम्मत
माघ ४, २०८०, बिहीवार

पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताबाट विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लबले समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

एपीएफले सेमिफाइनलमा स्थान बनाएसँगै अर्को विभागीय टोली नेपाल पुलिस क्लब भनेचौथो टाइगर कपको समूह चरणबाटै बाहिरिएको छ।

बुधबार भएको समूहको अन्तिम खेलमा श्रीलंका आर्मीलाई ३–१ को सेटमा हराएको पुलिस बाहिरिएको हो।

पुलिस समूहको पुछारमा छ।

समूह ‘बी’ मा एपीएफ, श्रीलंका आर्मी र पुलिसको समान ३–३ अंक भएपनि सेटको अन्तरमा पुलिस बाहिरिएको हो।

पोखरा रंगशालामा पुलिसले पहिलो सेट ४१–३९ ले जितेको थियो। दोस्रो सेट भने श्रीलंकन आर्मीले २५–१३ ले जित्यो।

त्यसपछि, पुलिसले २५–२० ले तेस्रो सेट र २५–१७ ले चौथो सेट जित्दै खेल जित्यो।