टाइगर कप भलिबल: विभागीय एपीएफ फाइनलमा

जनसम्मत
माघ ४, २०८०, बिहीवार

डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चौथों संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ फाइनल पुगेको छ।

बिहीबार पहिलो सेमिफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ फाइनल पुगेको हो।

एपीएफले पहिलो २ सेट १९–२५ र २०–२५ ले नेपाल आमीसँग हारेपनि पछिल्ला ३ सेट २५–१३, २५–१६ र १५– १३ ले हराउँदै फाइनल पुगेको हो।

प्रतियोगिताको उपाधिका लागि एपीएफले न्यु डायमण्डतासँग खेल्नेछ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले समान ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ नगद र ट्रफी, मेडल तथा प्रमाणपत्रसहित प्राप्त गर्नेछन्।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५/२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीले १५/१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।