न्यु डायमण्ड टाइगर कप भलिबलको फाइनलमा

जनसम्मत
माघ ४, २०८०, बिहीवार

न्यु डायमन्ड क्लब चौथो टाइगर कपको महिलातर्फ फाइनलमा स्थान बनाएको छ।

बिहीबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमण्ड फाइनलमा पुगेको हो।

न्यू डायमण्डले पुलिसलाई सोझो सेटमा हराउँदै फाइनल पुगेको हो।

न्यु डायमन्डले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१८ ले जित निकाल्दै फाइनल यात्रा तय गर्‍यो।

अब, न्यु डायमण्डले उपाधिका लागि विभागीय टोली एपीएफसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

एपीएफले पहिलो सेमिफाइनल खेलमा आर्मीमाथि पुनरागमन जित निकाल्दै फाइनलमा पुगेको हो।