टाइगर कप भलिबल: पुरुषतर्फ हेल्प नेपाल सेमिफाइनलमा

जनसम्मत
माघ ४, २०८०, बिहीवार

पोखरामा जारी टाइगरकपमा गण्डकी प्रदेशले हेल्प नेपाल स्पोट्र्स क्लबले सेमिफाइनलमा स्थान बनाएको छ।

गण्डकीसँगको खेलमा ३–२ को सेटमा हारेपनि हेल्प नेपालले सेमिफाइनलमा स्थान बनायो।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको खेलमा पुरुषतर्फ समूह ‘ए’ को दोस्रो खेलमा हेल्प नेपालले २ खेलबाट ४ अंक बटुल्दै सेमिफाइनल पुग्यो।

पहिलो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्‍यो।

दोस्रो सेट गण्डकीले १५–२५ ले गुमाउँदा तेस्रो सेटमा गण्डकीले २५–१७ को जित निकाल्यो।

चौथो सेट गण्डकीले २२–२५ ले गुमायो।

अन्तिम सेटमा १५–१२ ले हराउदै गण्डकीले जित हासिल गरेको हो।