एपीएफलाई हराउँदै घरेलु गण्डकी टाइगर कप भलिबलको फाइनलमा

जनसम्मत
माघ ५, २०८०, शुक्रबार

घरेलु गण्डकी प्रदेशको भलिबल टोली टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

पोखरामा जारी चौथो टाइगर कप भलिबलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले फाइनलमा स्थान पक्का गरेको हो।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा जारी सेमिफाइनलमा विभागीय क्लब एपीएफलाई पन्छाउँदै फाइनल प्रवेश गर्‍यो।

गण्डकीले एपीएफमाथि २५–१७ , २५–२० र २५–२२ ले जित हासिल निकाल्यो।

गण्डकीले फाइनलमा हेल्प नेपालको सामना गर्नेछ।

यसअघि, गण्डकीले समूह चरणमा हेल्प नेपाललाई ३–२ को सेटमा हराएको थियो।

हेल्प नेपालले यसअघि भएको सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो।

चौथो संस्करण्को टाइगर कप अन्तर्गत महिला/पुरुष दुबैतर्फको फाइनल खेल भोली (शनिबार) हुनेछ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले समान ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ नगद र ट्रफी, मेडल तथा प्रमाणपत्रसहित प्राप्त गर्नेछन्।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५र२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीले १५र१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।