२३ औं संस्करणको आहा ! रारा गोल्ड कप सुरु

थ्री स्टार क्वाटरफाइनलमा

जनसम्मत
माघ ९, २०८०, मंगलवार

पोखरामा आहा ! रारा पोखरा गोल्ड कप सुरु भएको छ।

सहारा क्लवको आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा प्रतियोगिता सुरु भएको हो।

पोखराका मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

उक्त प्रतियोगितालाई पोखरा महानगरले संरक्षकको भूमिका निर्वाह गरेको छ।

प्रतियोगितामा १ विदेशीसहित १२ टिमको सहभागिता छ।

प्रतियोगितामा विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पाउने छ।

त्यसैगरि, उपविजेताले ६ लाख १ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

 

आयुषलाई ‘वर्ष राष्ट्रिय खेलाडी’ पुरस्कार

 

प्रतियोगिताको उद्घाटन अवसरमा नेपाली राष्ट्रिय फुटबल टिमका आयुष घलान ‘बर्ष उत्कृष्ट खेलाडी’ पुरस्कारबाट पुरस्कृत हुनु भएका छन्।

नेपाली फुटवल खेलको विकासमा घलानले पुर्‍याएको योगदानलाई क्लवले प्रोत्साहन स्वरुप नगद ५० हजार ५ सय ५५ रुपैयासहित सम्मान गरेको हो।

आयुष राष्ट्रिय टिमका नियमित सदस्य हुन्।

 

आयोजक सहारालाई हराउँदै थ्रीस्टार क्वाटरफाइनलमा

 

थ्री स्टार क्लब आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

मंगलबार  भएको खेलमा आयोजक सहारा क्लब पोखरालाई २–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।

रंगशालामा थ्री स्टारलाई जित दिलाउन योगेश गुरुङ र एञ्जल महर्जनले १/१ गोल गरे।

सहराका लागि आशिष गुरुङले १ गोल गरे।

खेलको पाँचौ मिनेटमा योगेशले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

यता, आयोजक टोलीले खेलको २३ औं मिनेटमा गोल फर्काउन सफल भयो।

सहाराका लागि आशिषले गोल गरे।

खेलको ५९ औं मिनेटमा एञ्जलले गोल गर्दै थ्री स्टारलाई २–१ गोलको जितसँगै टिमलाई क्वाटरफाइनल पुर्‍याउन योगदान दिए।

अब, थ्री स्टारले सेमिफाइनलमा भुटानी पारो एफसीसँग खेल्नेछ।