गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

जनसम्मत
माघ ११, २०८०, बिहीवार

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवारहरु विजयी बनेका छन्।

महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएकी छन्।

अपांगता/अल्पसंख्यकतर्फ काँग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका हुन्।

शर्माले ३ हजार ६६० मत पाइन् भने परियारले ३ हजार ७७९ मतभार ल्याए। श्रेष्ठले ३ हजार ८०८ मतभार प्राप्त गरे।