विभागीय आर्मी आहा रारा गोल्ड कपको क्वाटरफाइनलमा

जनसम्मत
माघ १०, २०८०, बुधबार

विभागीय त्रिभुवन आर्मी क्लबले आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा स्थान बनाएको छ।

बुधबार भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै आर्मीले क्वाटरफाइनलमा स्थान बनाएको हो।

पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन भरत खवासले निर्णायक गोल गरे।

भरतले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए।

अब, आर्मीले सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग क्वाटरफाइनल खेल्नेछ।