कास्कीका ७ पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान

जनसम्मत
माघ १२, २०८०, शुक्रबार

नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा ७ पत्रकार सम्मानित भएका छन्।

शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित भएका हुन्।

गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर), सोही पुरस्कार २०८० बाट ओम हमाल (जनसंचार) सम्मानित भएका छन्।

यस पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ।

आर्थिक पत्रकारिता पुरस्कार २०७८ बाट टंकराज अधिकारी (नेपाल समाचारपत्र) सम्मानित भए।

उनिसंगै दिनानाथ बराल (कारोबार दैनिक) लाई आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरिएको हो।

यो पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ बाट सन्देश श्रेष्ठ (नागरिक तथा एभरेष्ट एफएम ) र २०८० प्रकाश ढकाल (आदर्श समाज) सम्मानित भए।

यो पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ रहेको छ।

यस्तै, २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी (समय समाचार डट कम) पुरस्कृत भएकी हुन।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पुरस्कारका संस्थापकहरुले पुरस्कृत सबै प्रतिभाहरुलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे।