आइसीसी विश्वक क्रिकेट अफगानिस्तानमाथि श्रीलंकाको जित

१ सय ८७ रनको लक्ष्य पाएको अफगानिस्तान ३२ दशमलव ४ ओभरमा १ सय ५२ रनमा समेटिएपछि श्रीलंकाको ३४ रनको जित निकालेको थियो

जनसम्मत
जेठ २३, २०७६, बिहीवार

पोखरा । आइसीसी एकदिवशीय विश्वकपमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ ।

आफ्नो दोस्रो खेलमा श्रीलंकाले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस नियमका आधारमा ३४ रनको जित निकालेको हो । खेल वर्षाले प्रभावित भएपछि ४१ ओभरमा झारिएको थियो । खेलमा १ सय ८७ रनको लक्ष्य पाएको अफगानिस्तान ३२ दशमलव ४ ओभरमा १ सय ५२ रनमा समेटिएपछि श्रीलंकाको ३४ रनको जित निकालेको थियो ।

अफगानिस्तानका लागि नाजिवुल्लाह जदरानले सर्वाधिक ४३ रन जोडे । ३१ दशमलव ५ ओभरमा कप्तान करुणारत्नेबाट रन आउटको शिकार हुनुअघि उनले ५६ बलमा ६ चौका प्रहार गरेका थिए । अफगानिस्तानका ओपनर हज्रतुल्लाह जाजाईले ३० रन जोडे । कप्तान गुल्वादिन नइवले २३ रन जोडे ।

बलिङतर्फ श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए । म्यान अफ द म्याच बनेका प्रदीपले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिए । भेट्रान बलर लसिथ मालिंगाले ३ विकेट लिए । खेलमा श्रीलंकाले ३६ दशमलव ५ ओभरमा अलआउट हुँदै २०१ रनको स्कोर खडा ग¥या । श्रीलंका आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।