जाउलाखेल आहा ! रारा गोल्ड कपको क्वाटरफाइनलमा

जनसम्मत
माघ ११, २०८०, बिहीवार

जाउलाखेल युथ क्लव पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइलनमा स्थान बनाएको छ।

पोखरा रंगशालाको फुटबल मैदानमा विहिबार भएको तेस्रो प्रिक्वार्टरफाइनलमा जावलाखेलले मच्छिन्द्रलाई १–० गोलले हराउँदै अन्तिम क्वाटरफाइनलको यात्रा तय गरेको हो।

खेलको ३८ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाको निणार्यक गोलमा जावलाखेलले मच्छिन्द्रलाई हरायो।

विपक्षी टिमका एक डिफेण्डरसहित गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै हिसुबले उत्कृष्ट गोल गरे।

जावलाखेलले माघ १५ गते मनाङ मस्र्याङ्दीसँग सेमिफाइनल यात्राको लागि भिड्नेछ।

खेलमा थपलिया ‘म्यान अफ दी म्याच’ बने।

भोलि (शुक्रबार) अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा विभागीय टिम शसस्त्र प्रहरी वलको एपीएफ क्लव र चर्चब्वाइजबीच हुने भएको छ।