विभागीय नेपाल पुलिस आहा ! रारा गोल्ड कपको क्वाटरफाइनलमा

जनसम्मत
माघ १२, २०८०, शुक्रबार

विभागीय टोली नेपाल पुलिस क्लबले आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ।

शुक्रबार भएको खेलमा पुलिसले अर्को विभागीय एपीएफलाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो।

पोखरा रंगशालमा भएको खेलमा पुलिसलाई जित दिलाउन मानबहादुर परियारले २ गोल गरे।

खेलको १९ औं मिनेटमा मानबहादुरले गोल गर्दे टिमलाई सुरुवाती अग्रता दिलाए।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप एक गोल गर्‍यो।

खेलको ७१ औं मिनेटमा मानबहादुरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई जित दिलाए।

अब, पुलिसले चर्च ब्वाइजसँग सेमिफाइनलका लागि क्वाटरफाइनलमा भिड्नेछ।

भोली, शनिबारदेखि प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन्।

शनिबार, विदेशी टिम भुटानको पारो एफसीबिरुद्ध थ्रीस्टारले पहिलो क्वाटरफाइनल खेल्नेछ।