नेपाल आईसीसी–१९ वर्षमुनिको विश्वकप क्रिकेटको ’सुपर सिक्स’ मा पुग्यो

जनसम्मत
माघ १२, २०८०, शुक्रबार

नेपाल आईसीसी–१९ वर्षमुनिको विश्वकप क्रिकेटको ’सुपर सिक्स’ मा पुगेको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो।

अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाएर भेटायो।

नेपालका कप्तान देव खनालले अर्धशतक बनाए।

देव ८९ बलमा ५८ रन बनाएर आउट भए।

यस्तै, दीपक बोहराले २७ रन जोडे।

अफगानिस्तानका फरिदून दाउदजाईले ३ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४० ओभर १ बलमा १ सय ४५ रन बनाउँदा अल आउट भयो।

अफगानिस्तानका मोहम्मद घजनफरले सर्वाधिक ३७ रन जोडे।

नेपालका आकाश चन्दले ५ विकेट लिए।

नेपाल समूह ’डी’ मा तेस्रो हुँदै ’सुपर सिक्स’ पुगेको हो।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो।

नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड पनि ’सुपर सिक्स’ मा पुगिसकेका छन्।