आईसीसी–१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित

जनसम्मत
माघ ८, २०८०, सोमबार

आईसीसी–१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ।

दक्षिण अफ्रिकामा भइरहेको विश्व कप अन्तर्गत समूह ’डी’ मा रहेको नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो।

न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३८ रन मात्र बनाउन सक्यो।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो।

नेपालले अब पर्सि बुधवार पाकिस्तानसँग खेल्नेछ।

यो समूहमा अफगानिस्तानसमेत छ।

हिँजो भएको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले हरायो।