सोसल मिडियाको दुरुपयोग भइरहेछ: प्रधानमन्त्री दाहाल

जनसम्मत
माघ १५, २०८०, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढेको बताएका छन्।

वीरगञ्जमा जारी प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोसल मिडियाको दुरुपयोग बढेको बताएका हुन्।

‘अहिले तपाईं हामीले देखेका छौ’, सोसल मिडियाबाट सकारात्मक सन्देशहरु प्रवाह हुन सक्छन, नकारात्मक सन्देशहरु पनि प्रवाह

भइरहेका छन्’ उनले भने, ‘अहिले मुख्य रुपमा सोसल मिडियाको बढी दुरुपयोग नै भएको देखिन्छ।’

प्रधानमन्त्री दाहालले डिजिटल युगमा आइटीको सदुपयोग गर्न सिपालु हुनुपर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले त्यस्तो नभए क्रान्तिलाई निरन्तरता दिने, समाजवाद निर्माणको सपना पूरा गर्ने दिशामा अगाडि बढ्न धेरै कठिन हुने जिकिर गरे।

यस्तै, उनले अर्काे वर्ष राम्रो बजेट बनाउने बताए।

अर्काे वर्षको नीति कार्यक्रम जनता, जनप्रतिनिधि र नेताहरुबीच बहस गरी सुझाव लिएर राम्रो बजेट बनाउने प्रधानमन्त्री दाहालको भनाई छ।

प्रधानमन्त्री दाहालले तीन करोडभन्दा तलको बजेट प्रदेश र स्थानीय तहलाई दिने बताए।

उनले कृषि र रोजगारीलाई मध्यनजर गरी नयाँ बजेट निर्माण हुने पनि उल्लेख गरे।