टिकटकले भेटाइदियो जुम्ल्याहा दिदीबहिनी एमी र एनीलाई

जनसम्मत
माघ १२, २०८०, शुक्रबार

जर्जियामा एमी र एनी जुम्ल्याहा दिदीबहिनी हुन्।

जन्मलगत्तै आमाबाट खोसेर कसैले दुवैलाई छुट्टाछुट्टै परिवारलाई बेचिदिए।

गएका दशकमा जर्जियाको अस्पतालबाट दसौँ हजार बच्चा चोरेर बेचिएका थिए।

त्यसैमा उनीहरू पनि बेचिएका थिए।

जबकि, उनीहरू आफ्नो वास्तविक आमासँग छैनन्।

उनीहरूलाई एक आपसमा थाहा समेत थिएन, आफूजस्तै अनुहार भएको अर्काे कोही छ भन्ने।

दिदी बहिनीको भेट वर्षौपछि टिभी ट्यालेन्ट शो र टिकटक भिडिओका कारण भएको छ।

एमी र एनीले १२ वर्षको उमेरमा जर्जियाज गट ट्यालेन्टमा एक–अर्कालाई भेटेका हुन्।

एमी कृष्णसागर नजिक आफ्नो हजुरआमाको घरमा जर्जियाज गट ट्यालेन्ट हेरिरहेकी थिइन्।

त्यहाँ उनले ठ्याक्कै आफूजस्तै अर्काे केटी नाचिरहेको देखिन्।

सात वर्षपछि सन् २०२१ को नोभेम्बरमा एमीले टिकटकमा आफ्नो एउटा भिडिओ हालिन्।

एनीलाई उनको एक साथीले त्यो भिडियो पठाइन्।

अनि एमीलाई खोज्न थलिन्।

ह्वाट्स एप ग्रुपमा भिडिओ हालेर कसैले चिनेको छ भनेर सोधिन्।

एमीले चिनेको कुनै व्यक्तिले ती दुबैलाई फेसबुकमा एकअर्कासँग जोडिदिए।

एमी जर्जियाज गट ट्यालेन्टमा आफूले देखेको केटी भन्ने कुरा एनीले थाहा पाइ हालिन्।

केही दिनमा आफूहरूबिचमा धेरै कुरामा समानता पाए।

समयसँगै आफूहरू ‘आइडेन्टिकल ट्विन’ जुम्ल्याहा भएको पाए।

टिकटकमा एउटा भिडिओ हेर्दै एनी आफूहरूलाई बेचिदिने महिला यही होला भन्ने सोचिरहेकी छिन्।

आफ्नो विगत के थियो ?

कसले बेचिदियो ?

जस्ता अनुत्तरित प्रश्नहरू खोजेर उनीहरू जर्जियाबाट जर्मनीसम्म पुगे।

उनीहरूले आफूलाई जन्म दिने आमालाई पनि भेट्दैछन्।

गएका दशकमा जर्जियाको अस्पतालबाट दसौँ हजार बच्चा चोरेर बेचिएका छन्।

यसबारे छानबिन भइरहेको छ।

तर, अहिलेसम्म दोषी फेला परेका छैनन्।

 

समाचार श्रोत/तस्बीर: रातोपाटी