चर्च ब्वाइज आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

विभागीय नेपाल पुलिस स्तब्ध

जनसम्मत
माघ १६, २०८०, मंगलवार

चर्च ब्वाइज यूनाइटेड क्लबले आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाईज यूनाईटेडले विभागीय नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गरेको हो।

चर्च ब्वाईजका लागि समिर तामाङले गरेको एकमात्र गोल निर्णायक बन्यो।

७२ औं मिनेटमा समिरले गोल गर्दै चर्च ब्वाईजलाई अग्रता दिलाए।

त्यसपछि, दुबै टोलीबाट कुनै गोल हुन सकेन र खेल चर्च ब्याइजको पक्षमा १–० ले रह्यो।

मंगलबारको खेलसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ।

चर्च ब्याइजले विभागीय त्रिभुवन आर्मी क्लकसँग प्रतिस्पर्धा गर्नेछ।

अर्काे सेमिफाइनलमा भने जावलाखेल युथले थ्रीस्टार क्लबको सामना गर्नेछ।