टिकटकले ३० मिनेटसम्मको भिडिओ अपलोडको सुविधा दिँदैछ

जनसम्मत
माघ १३, २०८०, शनिबार

शर्ट भिडिओ प्लेटफर्मका रूपमा सुरु भएको टिकटकले प्रयोगकर्ताका लागि भिडिओ अपलोडको सीमा परिवर्तन गर्ने संकेत दिएको छ।

हालसालैको एक खबरअनुसार ३० मिनेटसम्मको भिडिओ अपलोड गर्न दिनेगरी टिकटकले नयाँ फिचर परीक्षण गरिरहेको छ।

यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नभाराले पत्ता लगाएका हुन्।

उनले एपको आईओएस बेटा संस्करणमा टिकटकले ३० मिनेट लामो भिडिओ अपलोडका लागि काम गरिरहेको भन्दै स्किृनशट शेयर गरेका छन्।

३० मिनेटको भिडिओ सीमा भए टिकटकले नयाँ अवसरहरू सिर्जना गर्नसक्ने बताइएको छ।

किनभने पछिल्लो समय उपभोक्ताले धेरै खर्च गर्ने एपमा टिकटक पहिलो स्थानमा छ।

तथ्यांकअनुसार उपभोक्ताबाट १० अर्ब डलर खर्च हुने एक मात्र एप टिकटक हो

तर, टिकटकले ३० मिनेट भिडिओ परीक्षणको बारेमा आधिकारिक रूपमा जानकारी दिएको छैन।

सबैभन्दा पहिले १५ सेकेन्डसम्मको मात्र भिडिओ अपलोड गर्न सकिने सो प्लेटफर्मले टाइम लिमिटलाई घटाउँदै ६० सेकेन्ड, ३ मिनेट हुँदै १० मिनेटसम्म बढाएको थियो।

कम्पनीले १५ मिनेटको भिडिओ अपलोड गर्ने सुविधामा पनि काम गरिरहेको खबर बाहिरिएको थियो।

समाचार श्रोत: विभिन्न संचारमाध्यमहरु